काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार १५.४० अंकले घटेर १ हजार ९४८.५७ को विन्दुमा बन्द भएको छ ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले घटेर ३६९.४१ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये ३०३ कम्पनीका १करोड ४६ लाख ८८ हजार ५१७ कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत असार महिनापछि  यो दिन दोस्रो बजारमा उच्च कारोबार भएको हो ।असार १७ गते ५ अर्ब रुपैयाँमाथि कारोबार भएको थियो ।  
आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘हिजो सकारात्मक बनेको बजारमा आज बिक्री दबाब आएको छ ।किन कि आइतबारको कारोबारमा मूल्य मात्रै बढेको थियो, कारोबार हुन पाएको थिएन,एक दुई दिनपछि बाट फेरि बजार माथि जान्छ किन कि रिक्स रिवार्डको हिसाबले अब बजारमा जोखिम कम र रिवार्ड बढी छ ।ब्याजदर सस्तो हुँदै गएको छ ।प्राविधिक रुपमा हेर्दा बजारलाई चैत बैशाखसम्ममा २ हजार ५०० विन्दुको लक्ष्यमा राख्न सकिन्छ ।किन कि बजार १ हजार ८०० भन्दा तल गएको पनि छैन । १.६को रेसियोले पनि वेभ थ्री न्यूनतम २ हजार ५०० विन्दु हुन जान्छ ।त्यसैले बजारमा अब विस्तारै चमक आउँछ ।’

अर्का बजार जानकार महेश रिजाल भन्छन्,‘ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन गर्दा र केहि बैंकले ब्याजदर घटाउँदा बजारमा उछाल आएको हो। आज १५ अंकले बजार घट्नु भनेको नाफा बुक हो ।बजारलाई कारोबार र भोलुमले साथ दिएको छ ।आज म्चुअल फण्डका लगानीकर्ताहरु बजार पसेको सुनिन्छ । यसलाई बुलको सुरुवात नै मान्न सकिन्छ किनकि नीतिमा फेरबदल भएको छ, ब्याजदर घटेको छ भने रेमिट्यान्स पनि बढेको छ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूह मध्ये उत्पादन तथा प्रोसेसिङ,लघुवित्त,म्युचुअल फन्ड र निर्जीवन बीमा समूहबाहेक सबै समूह राताम्य भएका छन् ।
 

यो दिन सबैभन्दा बढी म्युचुअल फन्ड २.१६ प्रतिशतले बढेको छ । यसैगरी, निर्जीवन बीमा समूह १.३७ प्रतिशतले बढेको छ ।त्यस्तै लघुवित्त समूह ०.४४ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन विकास बैंक समूह सबैभन्दा बढी अर्थात् २.०९ प्रतिशतले घटेको छ ।

होटल एन्ड टुरिजम र लगानी समूह १.४२ र १.३५ प्रतिशतले घटेको  छ। यसैगरी वित्त समूह १.३० प्रतिशतले घटेको  छ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन सबैभन्दा बढी कारोबार सोनापुर मिनरल्स एन्ड आयलको भएको छ । कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको  छ।

यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यसैगरी, माउन्टेन इनर्जि पावरको १४ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन चार ओटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु),सामुदायिक लघुवित्त वित्तीय संस्था, डोल्टी पावर कम्पनी र ह्याथवे इन्भेष्टमेनट कम्पनी रहेको छ । 

 

त्यस्तै इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।यसैगरी, यो दिन समता लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.१५ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको  छ।

त्यस्तै, एशियन हाइड्रोपावरको सेयरमूल्य ५.३८ प्रतिशतले घटेको  छ।