Nepal Bank Limited
काठमाण्डौ । देशकै पहिलो बैंक,नेपाल बैंक लिमीटेडले एफपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
बैंकले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासनका लागि आइतबार सिद्धार्थ क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्ध् िसम्झौंतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्ष गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत फागुन २५ गते सम्पन्न बैंकको ५८ औं वार्षिक साधारणसभाले बैंकमा रहेको सरकारको सेयर स्वामित्व संरचनालाई घटाई सर्वसाधारणको बढाउने उद्देश्यले एफपीओ बिक्रीको प्रस्ताव पारित गरेको थियो । हाल बैंकमा नेपाल सरकारको सेयर स्वामित्व ६२ प्रतिशत रहेको छ । एफपीओपछि उसको स्वामित्व घटेर ५१ प्रतिशतमा सीमित हुनेछ।
बैंकले प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्नेछ । मूल्य भने तोकिसकिएको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago