काठमाण्डौ । कुनै जनावरको बान्ता वा उल्टीको मूल्य करोडौँ रुपैयाँ पर्न सक्छ भनेर तपाइँले कहिल्यै कल्पना गर्नु भएको छ ? अथवा यो प्रति किलो एककरोड रुपैयाँ बढीसम्म बिक्री हुनसक्छ भनेर कल्पना गर्नु भएको छ ?

पक्कै पनि यस्तो हुनसक्छ । यदि त्यो उल्टी स्पर्म ह्वेलको हो भने । भारतको अहमदाबाद प्रहरीले हालै स्पर्म ह्वेलको साढे पाँच किलो बान्ता(एम्ब्रेग्रेस)सहित तीनजनालाई पक्राउ गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा यसको अनुमानित मूल्य लगभग सात करोड भारतीय रुपैयाँ रहेको छ । अहमदाबादको प्रहरी वन विभागले तीनजना अभियुक्तहरुको बयानका आधारमा गुजरातमा समुन्द्री जीवहरु र यस्ता जीवहरुको अंगको अवैध कारोबारका बारेमा थप जानकारी हासिल हुने विश्वास गरेका छन् । 

गुजरातमा यो घटना सार्वजनिक हुनुुअघि मुम्बई र चेन्नाईमा ठूलो मात्रामा एम्ब्रेगेस बरामद भएको थियो । यहीँबाट गुजरातका केही व्यक्तिहरु पनि यसमा संलग्न रहेको जानकारी भएको हो । 

चिनमा एम्ब्रेगेसको प्रयोग यौन क्षमता बढाउने औषधिहरुमा प्रयोग हुने गर्दछ । अरब देशहरुमा भने उच्च कोटीको परफ्यूम बनाउनमा यसको प्रयोग हुने गरेको छ । 

स्पर्म ह्वेल र एम्ब्रेगेस 
स्पर्म ह्वेलले जब कुनै कटलफिस, अक्टोपस वा अन्य कुनै समुन्द्री जीवलाई खान्छ, तब यसको पाचन प्रणालीबाट एउटा विशेष प्रकारको तरल पर्दाथ डिस्चार्ज हुने गर्दछ । ताकि शिकारका तिखा अंगहरु वा दाँतले ह्वेलको शरीरमा नोक्सान नपुर्याओस् । 

यसपश्चात स्पर्म ह्वेलले यस्तो तरल पर्दाथलाई बान्ता गरेर आफ्नो शरीरबाट निकाल्ने गर्दछ । अनुसन्धानकर्ताका अनुसार स्पर्म ह्वेलले दिशाको माध्यमबाट पनि एम्ब्रेगेसलाई निकाल्ने गर्दछ । यहि कारण यसको दिशामा यसको शिकारका तिखा अंगहरु पनि प्राप्त हुने गर्दछ । ह्वेलको शरीरबाट निस्किएको यो बान्ता समुन्द्रको पानीमा तैरिने गर्दछ । 

सूर्यको प्रकाश र समुन्द्रको नुन मिलेपछि एम्ब्रेग्रेस बन्ने गर्दछ । सुुगन्धित वस्तुहरु बनाउनका लागि यसको निकै उपयोग हुने गर्दछ । एम्ब्रेग्रेस कालो, सेतो र खैरो रंगको तरल पर्दाथ हो । यो अन्डाकार वा गोलो हुन्छ । समुन्द्रमा तैरिरहँदा यसको आकार यस्तो हुने गर्दछ । यो ज्वलनशील पदार्थ हो । यसको प्रयोगका लागि अल्कोहोल वा इथरको आवश्यकता पर्ने गर्दछ । 

स्पर्म ह्वेल दाँत भएको यो पृथ्वीकै सबैभन्दा ठूलो जनावर हो । सानो ‘पिग्मी स्पर्म ह्वेल’ र योभन्दा पनि सानो ‘बौनी स्पर्म ह्वेल’ हुने गर्दछ । स्पर्म ह्वेलको टाउकोमाथि स्पर्मेकेटी भन्ने अंग हुने मान्ने गरिन्छ । यसमा तेल भर्ने गरिन्छ । यो पनि मान्ने गरिन्छ कि यो वीर्य वा स्पर्म हुने गर्दछ । त्यसैले यो ह्वेलको नाम स्पर्म ह्वेल राखिएको हो । यो अंगले ध्वनी संकेतहरुमाथि ध्यान केन्द्रित गर्ने गर्दछ । जसले समुन्द्रमा छाल आउँदा ह्वेललाई मद्धत गर्ने गर्दछ । 

विशेषज्ञहरुका अनुसार सुरुवातमा एम्ब्रेग्रेसको गन्ध राम्रो हुने गर्दैन । तर जसरी विस्तारै यसको सम्पर्क हावामा बढ्दै जान्छ, तब यसको गन्ध मिठो हुँदै जान्छ । एम्ब्रेग्रेसले परफ्युमको सुुगन्धलाई हावामा उड्नबाट रोक्ने गर्दछ । यसप्रकार यसले स्टेबलाइजरको काम गर्ने गर्दछ ताकि गन्ध हावामा उडेर विलिन हुन नपाओस् । 

एम्ब्रेगे्रेस दुर्लभ हुने भएकाले यसको मूल्य धेरै हुने गर्दछ । यसलाई समुन्द्रको सुन वा तैरिएको सुन पनि भन्ने गरिन्छ । यसको मूल्य सुनको मूल्यभन्दा पनि धेरै हुने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकिलो २.४ करोड नेपाली रुपैयाँसम्म हुनसक्छ । 

भारतको मरीन नेशनल पार्कका प्रमुख संरक्षण अफिसर डी टी वासवदलाई उद्धृत गर्दै एक मिडिया रिपोर्टमा भनिएको छ,‘वन्यजन्तु संरक्षण कानुनको प्रावधानका अनुसार स्पर्म ह्वेल संरक्षित जीव हो । यसको शिकार वा व्यापार गर्नु अपराध हो । यसको कानुनी कारोबारका लागि लाइसेन्सको आवश्यकता पर्छ । हालै बरामद गरिएको एम्ब्रेग्रेस कहाँबाट आएको हो भन्नेबारे केही पनि जानकारी आएको छैन, तर अरब देशहरुमा यसको माग उच्च रहेको छ । अरब देशका मानिसहरु यसका लागि धेरैभन्दा धेरै मूल्य तिर्न पछि पर्दैनन् ।’

हड्डी, तेल र एम्ब्रेग्रेसका लागि ह्वेलको शिकार ठूलो मात्रामा हुने गर्दछ । यहीकारण सन् १९७० देखि युरोप, अमेरिका र अन्य पश्चिमी देशहरुमा यसको कारोबारमाथि प्रतिबन्ध लगाइएको छ ।   
-एजेन्सीहरुको सहयोगमा