काठमाण्डौ । अरु कुरामा पछाडि भए पनि वार्षिक रुपमा सार्वजनिक विदा दिने मामलामा नेपाल विश्वकै टप देशमा परेको छ ।
वार्षिक रुपमा सबैभन्दा धेरै दिन सार्वजनिक विदा दिने देशको सूचीको पहिलो नम्बरमा नेपाल परेको हो ।
वल्र्ड अफ स्टाटिस्टिकले जनवरी २, २०२४(आज, मंगलबार) सार्वजनिक गरेको नयाँ र संसोधित सूचीमा नेपाल विश्वमै सबैभन्दा धेरै विदा दिइने देश बनेको हो । नेपालमा वार्षिक ३५ दिन सार्वजनिक विदा हुने गरेको छ ।
दोश्रो स्थानमा रहेको म्यानमारमा वार्षिक ३२ दिन, तेश्रोमा रहेको इरानमा २६ दिन, चौथोमा रहेको श्रीलंकमा २५ दिन, पाँचौमा रहेको बंगलादेश र इजिप्टमा २२ दिन वार्षिक सार्वजनिक विदा हुने गरेको छ।
पाकिस्तान, जापान, आइसल्याण्ड, इण्डोनेसिया, कजाकिस्तान, थाइल्याण्डमा एक वर्षमा १६ दिन मात्र सार्वजनिक विदा हुन्छ ।
यस्तै, अस्टिया, चिली, डेनमार्क, नर्वे, दक्षिण कोरिया, टर्की भेनेजुएला जस्ता मुलुकमा वार्षिक १४ दिन मात्रै सार्वजनिक विदा दिने गरिन्छ ।
अमेरिका, चीन र रसियाजस्ता शक्तिशाली र सम्पन्न देशहरुमा वार्षिक ११ दिन मात्र सार्वजनिक विदा हुन्छ ।
सबैभन्दा कम मेक्सिकोमा ८ दिन विदा हुन्छ । यूकेमा ८ देखि १० दिन विदा हुने गरेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago