काठमाण्डौ। संसारमा मान्छे पैसाका लागि दिन रात नभनिकन दौडिरहेका हुन्छन् । 

भनिन्छ, पैसालाई भगवान महादेवले पनि तेस्रो आँखाले हेर्छन् । तर अमेरिकाको क्यालिफोर्नियामा एक चिट्ठा (ज्याक पट) जित्ने व्यक्ति यतिखेर चिट्ठामा परेको रकम नै लिन नआएपछि सर्बत्र खैलाबैला भइरहेको छ ।

ती व्यक्ति  विगत दुई महिनादेखि  १.७६ अर्ब अमेरिकी डलर दाबी गर्न आएका छैनन् । ती व्यक्तिले यस्तो चिट्ठा लसएन्जलसको  एक पसलबाट अक्टोबर ११ मा खरिद गरेका थिए ।

यस्तो चिट्ठा जित्न पाँच वटा नम्बर मिल्नुपर्ने हुन्छ । यस्तै प्रकृतिको ज्याक पट कोलोराडो, न्यूयोर्क, ओहायो र साउथ क्यारिलोनामा जस्ता राज्यमा पनि बेचिएको थियो ।

यी राज्यहरुमा भने चिट्ठा जित्नेले आफ्नो पुरस्कार दाबी गरेका छन् । यो शनिबार रातिसम्म  ज्याक पट पावरबल नाम गरेको चिट्ठा रोलओभर भएर ८१० मिलियन डलर पुगेको छ । यस्तो चिट्ठा सोमबार पुनः खोलिने भएको  छ । -एजेन्सी