नयाँदिल्ली । समयले जोकसैलाई पनि बाटो देखाउन सक्छ। जेट एयरवेजका संस्थापक नरेश गोयल हाल ईडीको हिरासतमा छन्। उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् । 

ईडीले उनीमाथि बैंकहरुले जेट एयरवेजलाई दिएको ६००० करोड भारु बराबरको ऋणको ठूलो हिस्सा दुरुपयोग गरिएको आरोपमा लगाएको छ । 

नरेश गोयल १८ वर्षको उमेरमा खाली हात दिल्ली पुगेका थिए । यो सन् १९६७ को कुरा हो । पटियालामा गोयलको परिवार गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको थियो। दिनको दुई छाक खानाका लागि पनि संघर्ष गर्नुपरेको थियो । गोयल आफ्नो परिवारको आर्थिक संकट अन्त्य गर्न चाहन्थे। त्यसपछि उनले एकपछि अर्को सफलता हात पार्दै गए । 

मासिक ३०० मा जागिर

नरेश गोयल सन् १९६७ मा दिल्ली आएका थिए । त्यतिबेला उनी कनॉट प्लेसमा एउटा ट्राभल एजेन्सीमा काम गर्थे । यो एजेन्सी उनका काका हजुरबुवाले चलाएका थिए । 

गोयल यहाँ महिनाको ३ सय रुपैया पाउथे । बिस्तारै उनले ट्राभल उद्योगमा आफ्नो प्रभाव विस्तार गर्न थाले। उनले धेरै साथीहरु पनि बनाएका थिए । यी साथीहरू विशेष गरी जोर्डन, खाडी र दक्षिण पूर्व एसिया आदिका विदेशी एयरलाइन्सका थिए। 

बिस्तारै गोयलले उड्डयन क्षेत्रको व्यापार बुझ्न थाले। केही समयमै, उनले यो व्यवसायको सूक्ष्मता बुझे । विमान भाडामा लिनेदेखि टिकटसम्म सबै कुरा बुझे ।

गोयलले सन् १९७३ मा आफ्नै ट्राभल एजेन्सी खोलेका थिए । उनले यसको नाम जेट एयर राखे । गोयल कागजको टिकट लिन एयरलाइन्स कम्पनीको अफिसमा जाँदा त्यहाँका मानिसहरूले आफ्नो ट्राभल एजेन्सीको नाम एयरलाइन्स कम्पनी राखेको भन्दै खिल्ली उडाउने गर्थे । त्यतिबेला गोयल भन्थे, एक दिन अवश्य आफ्नो एयरलाइन कम्पनी खोल्छु ।

अनि सपना साकार भयो...

सन् १९९१ मा गोयलको एयरलाइन खोल्ने सपना पूरा भयो। उनले जेट एयरवेजलाई एयर ट्याक्सीको रूपमा सुरु गरे। 

त्यतिबेला भारतमा निजी एयरलाइन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न दिइँदैनथ्यो । एक वर्षपछि उनका जेटहरूले चारवटा जहाजहरूको फ्लीट बनाए र जेट विमानको पहिलो उडान सुरु भयो।

एउटा निर्णयले जहाज डूब्यो

गोयलले सन् २००७ मा एयर सहारालाई १,४५० करोडमा किनेका थिए, जसले जेटलाई अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र कम्पनी बनायो। 

त्यतिबेला यो निर्णयलाई गोयलको गल्ती मानिएको थियो । त्यसयता जेट कहिल्यै पनि आर्थिक कठिनाइबाट मुक्त हुन सकेको छैन। 

यस मामिलासँग सम्बन्धित एक व्यक्तिले भनेका थिए–‘पेशेवरलाई विश्वास नगर्नु र कम्पनी सञ्चालनमा सधैं आफ्नो वर्चस्व कायम राख्नु गोयलको दोस्रो ठूलो गल्ती साबित भयो।’