काठमाण्डौ। अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्विटमा भनेका छन्, ‘आज अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रम रोक्न नयाँ प्रतिबन्ध लगाएको छ।’

इरानमाथिको संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध बुधबार समाप्त भएको छ। जसलाई ध्यानमा राख्दै अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको हो। 

संयुक्त राष्ट्रसंघको प्रतिबन्धको अन्त्य भएपछि इरानलाई मिसाइल बनाउन र मिसाइल र ड्रोन प्रविधि निर्यात गर्न सहज हुने अमेरिका र उसका सहयोगीहरुलाई डर छ। कम्पनीहरुलाई इरानलाई संवेदनशील प्रविधि नबेच्न अमेरिकाले चेतावनी दिएको छ। इजरायल र हमासबीच द्वन्द्व जारी रहेको बेला अमेरिकाले यो प्रतिबन्ध घोषणा गरेको हो।

अमेरिकी अधिकारीहरुले इजरायलमा हमासको आक्रमणमा इरानको भूमिकाको अहिलेसम्म कुनै प्रमाण नभेटिएको तर इरानले हमासलाई लामो समयदेखि सहयोग गरिरहेको बताएका छन्। –एजेन्सी