काठमाण्डौ । सिनेमाहरु प्रायः वास्तविक जीवनमा घट्ने घटनाहरुबाट प्रेरित भएर बन्ने गर्छन ।

तर केहि घटनाहरु भने फिल्मबाट प्रेरित हुन्छन् । हामीले विभिन्न चलचित्रमा हेर्दै आईरहेको चोरीको घटनालाई स्मरण गराउने गरी भारतमा गुडिरहेको ट्रकबाट झण्डै १० करोड भारु(१६ करोड नेरु)बराबरको आईफोन चोरी भएको घटना सार्वजनिक भएको छ ।

पश्चिम बंगालमा गुडिरहेको ट्रकबाट चोरहरुले ९ करोड ७० लाख भारु बराबरको १ हजार ५०० थान आईफोन चोरेका छन् । 

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इंकको मोबाइलहरु बोकर एउटा ट्रक चेन्नाईबाट कोलकर्ता गईरहेको थियो । पश्चिम बंगाल छिर्ने बित्तिकै ट्रकबाट मोबाइल चोरी भयो । चोरीको घटना तब सार्वजनिक भयो जब कार्गो ट्रान्सपोर्ट कम्पनीले कलकत्ता उच्च अदालतको ढोका ढकढकायो ।

कार्गो कम्पनी पुलिसले आईफोन चोरीमा संलग्नलाई कुनै कारबाही नगरेको भन्दै उच्च अदालत पुगेको थियो । चोरीको पुरा घटना सुनेर कलकत्ता उच्च अदालतका न्यायधिस समेत अचम्ममा परेका थिए । 

यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी २ मा हुने जनाइएको छ । 

यो घटना गत सेप्टेम्बर २८ को हो । चोरी गरिएका कयौँ फोन चोर बजारमा बिक्री गरेर खरिदकर्ताले चलाउन समेत सुरु गरिसकेको जनाइएको छ । आईफोन ढुवानी गर्ने ट्रकमा आधुनिक जीपीएस प्रणाली जडान गरिएको थियो ।

ट्रक कुनै ठाउँमा ५ मिनेटभन्दा बढी समय रोकिने बित्तिकै सञ्चालक कम्पनीकोकार्यालयमा यसबारे अलर्ट बज्ने गर्थ्यो । सन् २०२३ को सप्टेम्बर २८ को बिहान ६ बजे उक्त ट्रक पश्चिम बंगालको एउटा पेट्रोल पम्पमा ५ मिनेटभन्दा बढी समय रोकियो ।

अलर्ट आएपछि सञ्चालक कम्पनीले चालकलाई बारम्बार फोन गरे । तर चालकको फोन भने उठेन । ४५ मिनेटपछि कम्पनी पुलिस चौकिमा यसबारे उजुरी दियो । प्रहरीले ट्रक बरामद गर्दा चालक वा सहचालक कोहि भेटेनन् ।

ट्रकबाट सबै आईफोन गायब थिए । ट्रक कतैपनि लामो समय नरोकिएकाले गुडिरहेको अवस्थामा ट्रकबाट आईफोन चोरी भएको ट्रान्पोर्ट कम्पनीका वकिलको दाबी थियो । 

पश्चिम बंगाल क्षेत्र छिर्ने बित्तिकै आईफोन बोकेको ट्रकलाई एउटा ट्रकले लामो समयसम्म पछ्याईरहेको थियो । ससडकमा ट्रकहरु संगसंगै गुडिरहेको बेलामा ट्रक चालकको मिलेमतोमा आईफोनलाई अर्को ट्रकमा सारिएको र चालक र सहचालक भागेको जनाइएको छ । 
यस मामिलामा प्रहरीले कसैलाई पनि नसमातेको र असहयोग
गरेको भन्दै कार्गो कम्पनीले उच्च अदालत पुगेको थियो ।  ।  -एजेन्सी