file photo
काठमाण्डौ । नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको तेश्रो म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड २ को ५ करोड ५२ लाख ७७ हजार ९९० इकाई मात्र बिक्री भएको छ ।
यो बुधबार साँझसम्मको तथ्यांक हो । कुल २१ हजार ६५८ आवेदनबाट सो इकाई खरीदका लागि आवेदन परेको हो ।
नवील इन्भेष्टमेन्ट बैंकिंगले बैशाख ५ गतेदेखि १ अर्ब २० करोड रुपैयाँको इकाईको बिक्री खुलाएको थियो । पहिलो चरणमा आवेदन दिने बैशाख ९ गतेसम्म यो स्किमको ५० करोड रुपैयाँ बराबरको स्किम मात्र बिक्री हुन सकेको हो ।
अब यो कम्पनीले आइपीओ बिक्रीका लागि ढिलोमा जेठ ३ गतेसम्म कुर्नुपर्नेछ ।
प्रति इकाई १० रुपैयाँको दरले निश्कासन भएको कुल आइपीओमध्ये १ करोड ८० लाख इकाई स्किम व्यवस्थापकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि जारी गरिएको हो ।
बैशाख ९ गतेसम्म देशभरबाट १५ हजार ६९५ आवेदकबाट ५ करोड इकाई खरीदका लागि आवेदन परेको हो ।
इच्छुकले न्यूनतम १०० देखि अधिकतम १.२० करोड इकाईसम्म खरीदका लागि आवेदन दिन सक्नेछन् ।
नवील ब्यालेन्स फण्ड १० वर्षे अवधिको बन्दमुखी स्किम हो ।
नवील इन्भेष्टमेन्ट बैंकिङले व्यवस्थापन गरेको नवील ब्यालेन्स फण्ड १ यसअघि नै परिपक्व भइसकेको छ भने ७ वर्षे अवधिको नवील इक्वीटी फण्ड अस्तित्वमा रहेको छ । यसको प्रति इकाई खूद मूल्य १० रुपैयाँ भन्दा कम छ ।
बजारमा संचालनमा रहेका अन्य म्युचुअल फण्डको न्याभ १० रुपैयाँ भन्दा कम रहेको र सस्तोमा दोश्रो बजारबाटै यस्ता फण्डका इकाई खरीद गर्न पाइने भएकोले समेत नवील ब्यालेन्स फण्ड २ का इकाई बिक्री हुन हम्मे हम्मे परेको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19