काठमाण्डौ । अटोमेटिक ट्रान्समिसन (एएमटी) कारको प्रयोग नेपालमा पनि तीव्रगतिमा भइरहेको छ ।
धेरै ट्राफिकजाम हुने ठाउँमा अटोमेटिक ट्रान्समिसन कार चलाउन सजिलो पनि हुन्छ । यही कारणले अटोमेटिक ट्रान्समिसन कार धेरैले मन पराउन थालेका छन् ।
त्यसो त सामान्यतया अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा केही यस्ता सामान्य गल्तीहरु पनि हुन्छन् । जसले गियरबक्सलाई ठूलो नोक्सानी पुर्याउँछ ।
यहाँ हामी अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा हुने सामान्य पाँच यस्ता गल्तीका विषयमा कुरा गर्न गइरहेका छौँ, जसका कारण हुने नोक्सानीबाट बच्ने उपाय पनि थाहा पाइराख्नुहोस् ।
१. ओरालो बाटोमा धेरैजसोको न्युटलमा कार चलाउने बानी हुन्छ । इन्धन बचाउन पनि केही यस्तो गर्छन् । तर यसो गर्नुले अटोमेटिक ट्रान्समिसन कारको गियरबक्सलाई नोक्सानी पुर्याउन सक्छ ।
न्युटलमा इन्धन सप्लाई बन्द हुन्छ । जसले ट्रान्समिसनलाई सजिलै काम गर्नका लागि पर्याप्त मात्रामा ल्युब्रिकेन्टस पाउँदैन । यसले कारको गियरबक्समा नोक्सानी पुग्न सक्छ । यसका साथै यस्तो स्थितिमा कारको पेडलमा अक्सेलरेट गरिँदैन । जसका कारण चालकले कारमा पूरै कन्ट्रोल गर्न सक्दैन । योभन्दा ठूलो खतराको कुरा हुन सक्दैन ।
त्यसैले ओरालो बाटोमा कारलाई न्युटलमा नचलाउनु नै उत्तम हुन्छ । किनकि इन्धन बचाउने चक्करमा गियरबक्समा नोक्सानी पुगिरहेको हुन्छ ।
२. अटोमेटिक ट्रान्समिसन कार चलाउने क्रममा यो गल्ती पनि भारी पर्न सक्छ । म्यान्युअल कारजस्तै यदि तपाइँ चलिरहेको कार रोक्नुअगाडि नै रिभर्स गियर हाल्नुहुन्छ । यसले कारको गियरबक्स फेल हुन सक्छ । जब तपाइँ गियरलाई अटो ट्रान्समिसनमा हाल्नुहुन्छ तब म्याकेनिजम गियर सिफ्ट गर्नका लागि ट्रासमिसन ब्यान्ड र क्लचको प्रयोग हुन्छ । त्यसैले जहिले पनि कार रोकिएपछि मात्र डाइभ मोडबाट रिभर्स मोडमा गियर बदल्नुपर्छ ।
३. अटोमेटिक ट्रान्समिसन कारहरु लन्च (अगाडि बढाउने) कन्ट्रोल फिचर रहेको हुन्छ । तीव्रगतिमा वा कम्पिटिसनका क्रममा यो फिरचर राम्रो स्टार्ट दिन्छ । लन्च कन्ट्रोलको प्रयोग गर्ने क्रममा अटोमेटिक कार चलाउने धेरैजसो नयाँ चालकले रेभ बढाउँछन् र त्यसपछि ड्राइभ मोडमा जान्छन् । यसले इन्जि र गियरबक्समा नोक्सानी पुग्न सक्छ । साथै कार झट्का दिएर अगाडि बढ्छ । अटोमेटिक कारलाई लन्च गर्ने सही तरिका कारालई ड्राइभ मोडमा राख्नुपर्छ, ब्रेक पेडल दबाउनुपर्छ, रेभ बढाउनुपर्छ र जब लन्चका लागि तयार हुन्छ तब क्लचजस्तै ब्रेक पेडल छोड्नुपर्छ ।
४. अटोमेटिक ट्रान्समिसन कारमा पार्किङ गर्ने क्रममा ‘पी’ मोडको प्रयोग हुन्छ । यो मोडमा कार पार्किङ गर्दा अगाडि–पछाडि सर्ने सम्भावना हुँदैन । जब तपाइँ कार पी मोडमा राख्नुहुन्छ तब गियरबक्स कग घुम्नबाट रोक्नका लागि पार्किङ पावलको प्रयोग गर्नुहुन्छ । यदि गुडिरहेको कारमा यदि तपाइँ यस्तो गर्नुभयो भने ट्रान्समिसनमा खराबी आउन सक्छ । यस्तो जब कार स्थिर हुन्छ तबमात्र यो मोडको प्रयोग गर्नुपर्छ ।
५. ट्राफिक लाइटमा रोकिने क्रममा अटोमेटिक कारलाई न्युटल मोडमा राख्ने बानी पनि आम भइसकेको छ । विशेषगरी इन्धन बनाउनका लागि यस्तो गरिन्छ । तर योभन्दा राम्रो बानी यदि ट्राफिक लाइटमा रोकिनुपर्यो भने आफ्नो कारलाई ड्राइभ मोडमा राख्नुपर्छ र ब्रेक लगाउनुपर्छ । यसो गर्नुले बारम्बार गियरबक्सको प्रयोग गर्नुपर्ने हुँदैन । साथै यदि तपाइँको कारमा स्टप र स्टार्ट सिस्टम छ भने त्यसको प्रयोग गर्न सक्नुहुन्छ । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago