काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ मा अधिकांश लघुवित्त संस्थाको नाफामा संकुचन आएको देखिएको छ । यही क्रममा एनएमबी माइक्रोफाइनान्सको नाफामा समेत ठूलै गिरावट आएको छ ।
समीक्षा अवधिमा यो कम्पनीले ३ करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको नाफा ४ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १३ करोड ७६ लाख रहेको यस्तो आम्दानी बढेर १६ करोड ७२ लाखको उचाईमा पुगेको छ ।
खूद ब्याज आम्दानी बढे पनि कर्मचारी खर्चतर्फ भएको अचाक्ली वृद्धि र अन्य संचालन खर्चमा समेत भएको वृद्धिले नाफामा संकुचन आएको देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको संचालन नाफा ४ लाख ८२ हजार मात्र भएको छ ।
यो अवधिमा यो माइक्रोफाइनान्स कम्पनीले ६९ करोड ६५ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ६८ करोड सापटी लिएरु २ अर्ब १६ करोड कर्जा परिचालन गरेको थियो । अघिल्लो वर्ष ४० करोड ४१ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ४८ करोड सापटी लिई १ अर्ब ७९ करोड कर्जा परिचालन गरेको थियो ।
पछिल्लो समय कम्पनीमा खराब कर्जाको मात्रा बढ्दै गएको छ । अघिल्लो वर्ष ०.९८ प्रतिशत रहेको यस्तो कर्जा बढेर समीक्षा अवधिसम्म २.५९ प्रतिशत पुगिसकेको छ ।
समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेय रआम्दानी २४.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.८९ गुणा कायम भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago