काठमाण्डौ । ईन्टरनेटको प्रयोगमा भएको वृद्धिसँगै सोको माध्यमबाट बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिदबिक्री पनि बढ्दो क्रममा रहेको छ ।
समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ ।
जनता बैंकका कार्डहोल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।
यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिननम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउनेछ । सो सेवा लिन ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
साथै बैंकले विदेशस्थित विश्वविद्यालय/कलेजसँग सम्बन्धी बिभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय/कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ।
भिसा इन्टरनेशनलको ‘भेरिफाइडबाई भिसा’मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको बैंकको भनाई छ ।
यस सेवामार्फत सुरक्षित रुपमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झञ्झटरहित भुक्तानीको अवसर प्राप्त हुने समेत विश्वास व्यक्त गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago