काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो समय बढ्दो अनलाइन भुक्तानीको सीमा तोक्ने तयारी गरेको छ ।
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अनलाइन भुक्तानीको नाममा गलत क्रियाकलाप हुनसक्ने जोखिम देखिएकोले त्यसको सीमा तोकेर बैंक तथा बित्तीय संस्थाको नाममा एकदुुई दिनमै निर्देशन जारी गरिने बताएका हुन् ।
महालक्ष्मी विकास बैंकले तयार गरेको एमबिबिएल स्मार्ट बैकिंग सोलुसनको समुद्घाटन गर्दै डेपुटी गभर्नर शिवाकोटीले भने–‘एकदिनमा कतिसम्मको भुक्तानी गर्न सकिने, कतिसम्मको टपअप गर्न सकिने वा कति पैसासम्मको बिल तिर्न सकिने भन्ने लगायतका बिषयमा सीमा नै तोकेर निर्देशन जारी गर्दैछौ ।’
उनले अनलाइन भुक्तानी तथा डिजिटल कारोबारको नाममा हुनसक्ने गलत क्रियाकलाप नियन्त्रणका लागि तथा यो प्रणालीको दुरुपयोग रोक्नका लागि निरीक्षण र सुपरीवेक्षणको कार्यलाई समेत तीव्र पारिने जानकारी दिए । त्यसका लागि राष्ट्रबैंकले पेमेन्ट एण्ड सेटलमेन्ट नामको छुट्टै विभाग गठन गरिसकेको र आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले यो बिषयलाई अगाडि बढाइने जानकारी दिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19