काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता संकट गहिरिएको छ। जसका कारण अन्तरबैंक र ट्रेजरी बिलको ब्याजदर ह्वात्तै बढेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ। जब कि साउन ७ गते यस्तो ब्याजदर ७ प्रतिशत थियो। त्यसअघि पनि ७ प्रतिशत आसपासमा थियो।
राष्ट्र बैंकले बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने नीति अवलम्बन गरेको छ। त्यसको प्रत्यक्ष प्रभाव बैंकिङ प्रणालीमा देखिन थालेको छ।
अन्तरबैंक ब्याजदरसँगै ट्रेजरी बिलको ब्याजदर पनि झन्डै १४ प्रतिशत पुगिसकेको छ। यसअघि ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत माथि थियो।
साउन ८ गतेसम्म बैंकिङ प्रणालीमा कुल ५० खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। जुन अघिल्लो दिनको तुलनामा ७ अर्ब रुपैयाँले कम हो।
साउन ८ मा कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको थियो। बैंक तथा वित्तीयहरुको कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ।
ट्रेजरी बिलको ब्याजदर बढ्नुले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि बढ्न सक्ने वित्त जानकारहरु बताउँछन्। कोभिडको समयमा १ प्रतिशतभन्दा तल रहेको ट्रेजरी बिलको ब्याजदर हाल ११ प्रतिशतभन्दा माथि रहनुले आगामी दिनमा बैंकको ब्याजदर पनि बढ्ने उनीहरुको तर्क छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19