काठमाण्डौ । साताको अन्तिम कारोबार आज बजार दिनभर प्रायः बढेर नै कारोबार भएको छ। अन्तिमा बजार ८ अंकले बढेर बन्द भएको छ। 

आजको बजारमा अन्तिम १५ मिनेटमा भने बिक्री दबाब आउँदा कारोबार बढेको देखिन्छ। बजर बढेर २०४५ सम्म पुगेको बजार अन्तिममा २०३३ मा बन्द भएको छ। यसले बजारमा लगानीकर्ताको मनोबल अझै मजबुत नबनेको बुझ्न सकिन्छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो दिनको तुलनामा खासै प्रगति भएको देखिँदैन। आज बजार बढे पनि १ घन्टाको समयावधिमा बजार बोलिंगरको मध्य ब्यान्डभन्दा तल नै बन्द भएको छ। यसले बजारमा खासै आक्रामक खरिद नभएको बुझिन्छ। 

अल्पकालीन लगानीकर्ताले आज २०३३ मा बन्द भएको बजार यदि आगामी कारोबारमा २०४५ भन्दा माथि बन्द भएमा बजारमा इन्ट्रीको पोजिसन लिन सकिन्छ। यदि आजको न्यून विन्दु २०२८ भन्दा तल कारोबार भएमा बजार केही अंक तल पनि आउन सक्छ।

एक घन्टाको समयावधिमै म्याक्डीबाट आजको बजारलाई हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम नेगेटिभ रहे पनि छोटा–छोटा र फिक्का हुँदै गएका छन्। यसले बजार सम्हालिन खोजेको देखिन्छ। आरएसआई र मनी फ्लो इन्डेक्सबाट हेर्दा बजारमा अहिले नै कुनै सुधार भएको अवस्था छैन। 

डेली बेसमा बजारलाई सुपर ट्रेन्ड तथा इचिमोकुबाट हेर्दा बिक्री दबाब नै रहेको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।