काठमाण्डौ । एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई २५ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । 

असोज ९ गते बैंकले केन्द्रलाई २५ लाख ४२ हजार १९० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । 

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अति विपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेज्यूबाट अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।