काठमाण्डौ । कोरोनाभाइरसलाई सुँघेर पत्ता लगाउने कुुकुरको तालिम बेलायतमा पूरा भएको छ । अब त्यहाँ कोरोना संक्रमितको पहिचानका लागि चाँडै एउटा ट्रायल सुुरु गरिने भएको छ । जसका लागि बेलायत सरकारले करीब साढे चार करोड खर्च गर्ने भएको छ ।
डेलि मेलको रिपोर्टअनुुसार कोरोना संक्रमणको लक्षणको पहिचानका लागि कुुकुुरहरुमा गरिने यो ट्रायलमा सफलता प्राप्त भए अनुुसन्धानको दुुनियाँमा यसलाई एउटा ऐतिहासिक कदमका रुपमा लिइनेछ ।
यो ट्रायलको वागडोर लन्डन स्कुुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन, च्यारिटी मेडिकल डिटेक्सन ड्रग्स र डरहम युुनिर्भसिटीका अधिकारीहरुको हातमा रहेको छ । यी सबै अधिकारीहरुलाई यो ट्रायलले सफलता प्राप्त गर्ने कुुरामा पूर्ण विश्वास रहेको छ ।
अनुुसन्धानकर्ताका अनुुसार यदि यो ट्रायलले सफलता प्राप्त गरे एउटा कुुकुुरले एक घण्टामा करीब २५० मानिसहरुलाई कोरोना भए नभएको पत्ता लगाउनेछ । अनुुसन्धानकर्ताहरुले कुुकुुरहरुले गर्ने जाँच टेस्टिङ किटभन्दा छिटो हुुने बताएका छन् ।
प्रयोगशालामा कोरोनाको परीक्षण गर्न करीब ५ देखि ६ घण्टासम्म लाग्ने गर्दछ । यसका साथै बाँकी प्रक्रियाहरु सम्पन्न भएको कयौं घण्टापछि मात्रै यसको रिपोर्ट आउने गर्दछ ।
वैज्ञानिकहरुका अनुुसार कुुकुुरमा मानिसको भन्दा १० हजार गुुणा धेरै सुँघ्ने क्षमता रहेको हुुन्छ । ल्याब्राडोर र कर्कर स्प्यानियल जस्ता कुुकुुरका प्रजातिहरु यसअघि क्यान्सर, मलेरिया र पार्किसन जस्ता रोगहरु पत्ता लगाउन प्रयोग हँुुदै आइरहेका छन् ।
डरहम विश्वविद्यालयका प्राध्यापक स्टिभ लिन्डसेले कोरोनाभाइरसलाई फेरी उब्जनबाट रोक्नका लागि कुुकुुरहरुले एकदमै महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए । कुुकुुरहरुलाई खासगरी विमानस्थल जस्ता संवेदनशील सार्वजनिक क्षेत्रमा खटाइने गरिन्छ ।
यसका साथै कुुकुुरहरुलाई लागुपदार्थ र विस्फोटक पदार्थहरु पत्ता लगाउन समेत प्रयोग गर्ने गरिन्छ । श्वासप्रश्वाससँग जोडिएका केही रोगहरुले आफ्नो दुुर्गन्ध परिवर्तन गर्ने भएकाले यो ट्रायलमा कुुकुुरहरुसामुु केही चुुनौतिहरु पनि रहेका छन् । तर, भाइरसलाई कुुकुुरको नाकबाट बच्न सजिलो नहुुन पनि सक्छ । रिपोर्टका अनुुसार यदि एउटा ओलम्पिक जत्रो पौडी पोखरीमा एक चम्चा चिनी घोलेर हाल्दा पनि कुुकुुरले त्यसलाई सजिलैसँग पत्ता लगाउन सक्छ ।
(डेलीमेलबाट भावानुवाद)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago