काठमाण्डौ । विद्यमान अवस्थामा लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नवीकरण शुल्क बुझाउन कम्पनीमा नै धाउनुपर्ने अवस्था छ । तर, नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले यो बाध्यताको अन्त गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । 

नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले आफ्ना ग्राहकहरुको सुबिधाका लागि हितग्राही खाता संचालनको वार्षिक नवीकरण शुल्क तथा ‘मेरो शेयर’को वार्षिक नविकरण शुल्क सिधै अनलाईन मार्पmत भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । 

यस्तै, अब नयाँ हितग्राही खाता खोल्न चाहनेले अनलाइनबाटै सेवा पाउने व्यवस्था समेत मिलाइएको नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले एक विज्ञप्तिमार्फत जनाएको छ । 

ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा गएर त्यहाँ रहेको अनलाइन डिम्याट भन्ने अप्सनमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने र नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती डिजीटल वालेट तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको बताइएको छ । 

नबिल बैंक बाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

साथै लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिनभित्र आफ्नो सक्कल नागरिकतासहित कम्पनीमा  स्वयम् उपस्थित भएपछि मात्र हितग्राही खाता(डिम्याट अकाउण्ट) खोलिने व्यवस्था समेत मिलाईएको विज्ञप्तिमा जनाइएको छ ।