काठमाण्डौ । अब टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने भएको छ ।
प्राविधिक कम्पनी आइबीएमका कुत्रिम बौद्धिकता(एआई)का प्रमुख म्याथ्यु क्यान्डीले टेक कम्पनीमा काम गर्न कम्प्युटर डिग्री आवश्यक नपर्ने बताएका हुन् ।
क्यान्डीले एआईको सहायताबाट मानिसहरुलाई प्राविधिक सिप बिनानै प्रडक्टहरु विकास गर्न सजिलो हुने बताएका छन् । ‘जति गतिमा मानिसहरुले कुनै आईडिया ल्याउन,आईडियाको परीक्षण गर्न,केहि बनाउन सक्षम हुनेछन् यसले त्यति नै गति लिनेछ । यसका लागि तपाईलाई कम्प्युटर विज्ञानमा डिग्री हासिल गरिरहनु पर्दैन, ’उनले भने ।
क्यान्डीका अनुसार एआईको उदयले सफ्ट स्कीलहरु जस्तै क्रिटीकल र क्रियटिभ थिङकीङलाई बढावा दिनेछ । एआई इमेज जेनेरेसन प्रविधिले कला(आर्ट) का क्षेत्रमा काम गर्नेलाई पनि प्रभावित पार्ने उनको ठहर छ ।
क्यान्डीले भने,‘एआईको सहयोगले तपाईले डिजाइनरको भुमिका निर्वाह गर्न सक्नुहुन्छ । यसका लागि ग्राफिक डिजाइनर हुन र यस विषयमा डिग्री हासिल गरेको हुनु पर्दैन’ ।-एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19