काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर १ प्रतिशतले घटाएको छ ।
ब्याजदर करिडोर सम्बन्धी कार्यविधि २०७६ (दोस्रो संसोधन २०७७) जारी गर्दै केन्द्रीय बैंकले माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ६ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सीमित बनाएको हो ।
तल्लो सीमाको निक्षेप संकलन दरलाई भने ३ प्रतिशत नै कायम गरिएको छ । ब्याजदर करिडर सम्बन्धी कार्यविधि जारी गर्दा माथिल्लो विन्दू ७ प्रतिशत थियो भने निक्षेप संकलनको तल्लो विन्दू ४ प्रतिशत थियो ।
यो व्यवस्थासँगै अब ५ प्रतिशतभन्दा माथि ब्याज गयो भने राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गर्नेछ भने ३ प्रतिशतभन्दा तल झरेको अवस्थामा बजारबाट तरलता प्रशोचन गरेर तरलता अवस्थालाई स्थायित्व दिन सक्नेछ । यो व्यवस्था कडाइसाथ कार्यान्वयन गरिए बजारमा कुनै समय अधिकत तरलता र कुनै समय तरलताको अभाव जस्तो समस्या कम हुने विज्ञहरु बताउँछन् ।
केन्द्रीय बैंकले ब्याजदर करिडर अन्तर्गत ओभरनाइट रिपो दर नीतिगत दरको रुपमा ३.० प्रतिशत बनाइएको छ । यस्तै, ब्याजदर करिडरको तल्लो सीमाको रुपमा एकहप्ता अवधिको निक्षेप संकलन दर १.० प्रतिशत बनाइएको छ ।
ब्याजदर करिडोरअन्तर्गत तरलता प्रवाह गर्नका लागि ओभरनाइट रिपो उपकरणको समेत अलग्गै कार्यविधि बनाइएको छ । जसअनुसार “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अघिल्लो दिनको आफ्नो स्वदेशी निक्षेप दायित्वको ०.२५ प्रतिशतसम्म हप्तामा एकपटक ओभरनाइट रिपो सुविधा बार्षिक ३.० प्रतिशत ब्याजदरमा उपयोग गर्न पाउने छन्।
ओभरनाइट रिपोका कार्यविधिमा समेटिएका अन्य बुँदा यस्ता छन्:
केन्द्रीय बैंकले ब्याजदर करिडोरअन्तर्गत तरलता प्रशोचन गर्नका लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरण जारी गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि समेत जारी गरेको छ । कार्यविधिमा समेटिएका बुँदाहरु यस्ता छन्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago