काठमाण्डौ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई)ले सबै बैंकहरुमा कार्डलेस पेमेन्ट प्रणाली विस्तार गर्ने घोषणा गरेको छ।
यससँगै अब भारतीय ग्राहकले एटीएम कार्ड बिनै पैसा निकाल्न सक्नेछन्। आरबीआईले त्रैमासिक मौद्रिक नीति जारी गर्दै भारतका सबै बैंकहरुको एटीएममा कार्डलेस भुक्तानीको सुविधा उपलब्ध गराउने जनाएको हो।
यसअघि यो सुविधा केही सीमित बैंकहरुको एटीएममा मात्रै उपलब्ध थियो।
कार्डलेस भुक्तानीको सुविधाको विस्तारले भारतको करोडौँ ग्राहक लाभान्वित हुने जनाइएको छ।
आरबीआईका गर्भनर शक्तिकान्त दासले ग्राहकलाई यो सुविधा ‘यूपीआई’ मार्फत प्रदान गरिने बताए। यो सुविधाबाट कारोबारमा सहजता आउने र बैंकिङ अपराधमा समेत कमी आउने दासको दाबी छ।
त्रैमासिक मौद्रिक नीतिमा आरबीआईले रिपो रेटमा यसपटक कुनै पनि परिवर्तन गरेको छैन। यससँगै रिपो रेट ४ प्रतिशत र रिभर्स रिपो रेट ३.३५ प्रतिशततै कायम रहेको छ।
भारतमा एटीएम कार्ड बिना नगद भुक्तानीको सुविधा कोरोना महामारीका बेला सुरु भएको थियो। कोरोना संक्रमण रोक्न यो सुविधाको सुरुआत गरिएको थियो।
त्यतिबेला भारतका प्रमुख बैंकहरु एसबीआई, आईसीआईसीआई, एक्सिस बैंक र बैंक अफ बरोदाले यो सुविधाको सुरुआत गरेका थिए। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19