काठमाण्डौ । भारतीय सेयर बजारको नियामक निकाय सेबीले आईपीओसम्बन्धी ठूलो प्रस्ताव ल्याएको छ। 

सेबीले आईपीओ निष्कासन बन्द भएपछि स्टक एक्सचेन्जमा सेयर सूचीकरणको समयसीमा घटाउने प्रस्ताव गरेको हो। 

हाल भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र सेयर सूचीकृत हुने गर्दछ। सेबीले यो अवधि घटाएर ३ दिनभित्र सेयर सूचीकृत गर्नुपर्ने प्रस्ताव गरेको हो। यसबाट आईपीओ निष्कासन गर्ने कम्पनी र लगानीकर्ता दुवैलाई फाइदा हुने सेबीको निष्कर्ष छ। 

सेबीको परामर्शपत्रका अनुसार सूचीकरणको समयसीमा घटाउँदा आईपीओ जारीकर्ताले उठाएको पुँजीमा छिटो पहुँच पुग्नेछ। यसले व्यवसाय गर्न सहज हुने सेबीको ठहर छ। 

सेबीको परामर्शपत्रमा निष्कासन बन्द हुने मिति र सेयर सूचीकरणको मितिबीचको समयावधि घटाउन सुझाव दिइएको छ। प्रस्तावित परिवर्तनले सूचीकरणको समयलाई विद्यमान ६ दिनबाट घटाएर ३ दिन बनाउनेछ। यस प्रस्तावमा प्रतिक्रिया दिन सेबीले जुन ३ सम्म सरोकारवालासँग राय मागेको छ। –एजेन्सी