काठमाण्डौ । भारतमा अब कुनै पनि कम्पनीको आईपीओ निष्कासन बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ (सूचीकृत) हुने भएको छ। 

सेयर बजार नियामक सेबीले आईपीओ लिस्टिङको समयावधि घटाएको छ। अब कुनै पनि कम्पनीको आईपीओ बिक्री बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ हुनेछ। यसअघि भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र लिस्टिङ गर्नुपर्ने नियम थियो। 

सेबीको बुधबार परिपत्र जारी गर्दै यसबारे जानकारी दिएको हो। यो नियम आउँदो डिसेम्बर १ देखि लागू हुने सेबीले प्रस्ट पारेको छ। 

सेबीले बजारसँग सरोकार राख्ने निकायहरुसँग छलफल गरी यो नयाँ नियम ल्याएको हो। अब कम्पनीले आफ्नो अफर डकुमेन्टमा लिस्टिङको टाइमलाइनबारे जानकारी दिनुपर्नेछ। –एजेन्सी