काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सानिमा बैंकबीच अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुखकार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सानिमा बैंकका तर्पmबाट प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहालले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली(ल्ऋज्ी(क्ष्एक्० प्रणाली उपलब्ध गराउनेछ । यस सम्झौतासँगै सम्पूर्ण २८ वटा ‘क’वर्गका वाणिज्य बैंकहरु अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा समेटिएका छन् । 
यो प्रणालीमार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु संचालन गर्न सक्ने छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १ भाद्र २०७३ देखि सो प्रणाली संचालनमा ल्याएकोमा हालसम्म ग्राहकको रकम स्थानान्तरण, टे«जरी, सरकारी कारोबारको भुक्तानी, तलबभुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्डलगायतका भुक्तानी दिने सेवाहरु लागू गरिसकिएको र अन्य सेवा समेत थप्दै लगिने बताएको छ । 

यो प्रणालीका लागि कम्पनीले ६० बैंक तथा वित्तीय संस्थाहरुसंग डाइरेक्ट सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग इनडाइरेक्ट सदस्यको रुपमा काम गरिरहेको छ । सानिमासँग भएको सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तरबैंक विद्युतीयभुक्तानी प्रणालीमा ६४ सदस्यहरु आवद्ध हुन पुगेका बताइएको छ ।