काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सञ्चालक समितिको बुधबार (असार ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

नियमनकारी निकायबाट स्वीकृति लिने, अभिलेख गर्ने, प्रबन्धपत्र र नियमावलीमा कुनै  विषयमा संशोधन एवं पविर्तन गर्न निर्देशन भएमा सोसमेत मिलाई संशोधन एवं परिवर्तन गर्नेलगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असार १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १४ गते (असार १५ गते शुक्रबार र असार १६ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।