काठमाण्डौ । होन्डाले इन्जिनमा क्षति पुर्‍याउन सक्ने निर्माण त्रुटिका कारण झण्डै २ लाख ५० हजार सवारी साधन बजारबाट फिर्ता लैजाने भएको छ । 

अटो निर्माताले बिहीबार अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनमा दायर गरेको सूचना अनुसार, अकुरा र होन्डा मोडलका इन्जिनहरूमा जडान गर्ने रड बियरिङ त्रुटीपूर्ण रहेको र यसले इन्जिनलाई गलत तरिकाले चल्न वा गाडी चलाउँदा रोकिन सक्ने उल्लेख गर्दै यस्तो कमजोरीले दुर्घटनाको जोखिम बढाउने बताएको छ । कुदाउँदा कुदाउँदै गाडीमा आगो लाग्ने, दुर्घटना हुने वा चोटपटक लाग्नसक्ने भन्दै त्यस्ता त्रुटीपूर्ण गाडी बजारबाट फिर्ता लिने घोषणा गरिएको समाचारमा उल्लेख छ । 

२०१५ २०२० अवधिका Acura TLX र २०१६ देखि २०२० सम्मका एमडीएक्स फिर्ता हुने सूचीमा छन् । २०१८ र २०१८ को Honda Odysseys, २०१६, २०१८ र २०१९ का Pilots र २०१७ र २०१९ को बीचमा निर्मित Ridgelines  गाडीहरु पनि त्रुटीका कारण प्रभावित रहेका बताइएको छ । 

यो होन्डाको यस वर्षको १४ औं रिकल हो र यो पाँचौं ठूलो पनि हो। यसले सन् २०२३ मा बजारबाट फिर्ता बोलाइएको होन्डाका गाडीको संख्या ३० लाखभन्दा बढी पुगेको छ ।

होण्डालाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार आगामी जनवरीको सुरुवातमा होण्डाले सबै गाडी मालिकहरुलाई पत्र पठाएर यस विषयमा सूचित गर्नेछ  र डिलरहरुले त्रुटीपूर्ण गाडीका इञ्जिनहरुको निःशुल्क निरीक्षण, मर्मत र प्रतिस्थापन गरिदिनेछन् ।