काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले ब्याजददरलाई ३ प्रतिशतभन्दा कममा झार्ने सम्भावना रहेको छ ।

उपभोक्ता खर्चमा आउने कमीले सन् २०२४ मा सामान्य मन्दी आउन सक्ने भएकाले फेडरल रिजर्भले ब्याजदर ३ प्रतिशतभन्दा कममा झार्न सक्ने युबीएसका प्रमुख अमेरिकी अर्थशास्त्री जोनाथन पिंगले बताएका हुन् । 

यसले २२५ बेसिक प्वाइन्टको कटौतीलाई संकेत गर्दछ । जुन वालस्ट्रीटमा धेरैले अपेक्षाभन्दा बढी हो । सन् २०२४ को अन्त्यसम्म बजार मूल्य १५०–१७५ प्वाइन्ट हुने अपेक्षा गरिएको छ । 

यो कटौती केन्द्रीय बैंक स्वयमले अनुमान गरेको ७५ बेसीक प्वाइन्टभन्दा बढी हो । जसले फेड फण्ड रेटलाई  ५.२५–५.५० प्रतिशत बाट ४.५०–४.७५ प्रतिशत मा झार्नेछ । 

फेडको सहज चर्क एक चौथाई बिन्दु कटौतीका साथ मार्च महिनामा सुरु हुने पिंगले अपेक्षा गरेका छन् । त्यस्तै उनले मे र जुन महिनामा पनि मुद्रास्फीतिलाई मत्थर पार्ने गतिलाई बढावा दिन यस्तै कटौतीहरु गरिने आकँलन गरेका छन् । 

पिंगका अनुसार सन् २०२४ को मध्यतिर अमेरिकाको अर्थतन्त्रमा सुस्तता आउने र मुद्रास्फीति फेडद्वारा लक्षित २ प्रतिशतको नजिक आउने र यसले केन्द्रीय बैंकलाई सबैभन्दा खराब आर्थिक परिदृष्य देखिनबाट रोक्न सहज बनाउने छ । -एजेन्सी