काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राति युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएका थिए। त्यसयता युक्रेन संकटले नयाँ मोड लिएको छ।
पुटिनको यो निर्णयलाई युक्रेनमाथिको हमलासरह मान्दै अमेरिकालगायत केही पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
रुसको दुई वित्तीय संस्था भीईबी र रुसी सैन्य बैंकविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्ध लगाएका छन्। यसै क्रममा बाइडेनले रुसी अर्थतन्त्रका केही अंशलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट हटाइने पनि बताए। योसँगै अमेरिकाले रुसका उच्च वर्ग र उनीहरुका परिवारमाथि पनि प्रतिबन्ध लगाउने सक्ने देखिएको छ।
उता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसका पाँच बैंक र तीन अर्बपतिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
जोनसनले प्रतिबन्ध लगाइएका रुसका तीन अर्बपतिहरुको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिएको र उनीहरुलाई बेलायत आउनबाट रोकिने बताएका छन्।
बेलायतले रोसिया, आइएस बैंक, जनरल बैंक, प्रोम्स्भ्याज बैंक र ब्ल्याक सी बैंकलाई प्रतिबन्ध लगाएको छ। एकै समयमा प्रतिबन्धित तीन प्रभावशाली रुसी व्यक्तिहरुमा गेनाडी टिमचेन्को, बोरिस रोटेनबर्ग र इगोर रोटेनबर्ग छन्।
जोनसनको घोषणापछि केही सांसदहरुले प्रतिबन्ध पर्याप्त नभएको बताएका थिए। त्यसपछि जोनसनले यदि स्थिति थप बिग्रियो भने नयाँ प्रतिबन्धहरु पनि लगाउन सकिने बताएका छन्।
जर्मनीले पनि रुससँगको नर्ड स्ट्रिम दुई ग्यास पाइपलाइन सुरु गर्ने प्रक्रिया रोकेको छ। यो पाइपलाइनबाट रुसबाट ग्यास जर्मनी ल्याइने तयारी गरिएको थियो।
जर्मन चान्सलर ओलाफ शुल्ट्जका अनुसार युक्रेनमा रूसले चालेको कदमको प्रतिक्रियामा यो कदम चालेको हो।
युरोपले आफ्नो पूर्वी प्रान्तबाट युरोपका विभिन्न देशमा ढुवानी हुने ग्यासको ४० प्रतिशत रुसबाट प्राप्त गर्छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19