 
                     
                                
                             
                                    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा नरेन्द्र मोदीको सरकारले लिएको नीतिविरद्ध कडा रुपमा प्रस्तुत भएका छन् । उनले फेरि एकपटक भारतलाई सच्चिन चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले मंगलबार ट्विट गर्दै भनेका छन्, ‘अमेरिकी उत्पादनमा भारत सरकारले आयातमा लगाएको भारी ट्याक्स अब स्वीकार्य हुनेछैन ।’
त्यसो त राष्ट्रपति टम्पले यदि भारत सरकारले अमेरिकी उत्पादनमा भारी मात्रामा लगाउँदै आएको ट्याक्स नहटाएमा अर्को कदम के चाल्ने भन्ने विषयमा बोलेका छैनन्। तर ट्रम्पको ट्विटबाट यो आशंका गर्न सकिन्छ उनले आगामी दिनमा भारतविरुद्ध कुनै न कुनै कदम अवश्य चाल्नेछन् ।
ट्रम्पले ट्विटमा भनेका छन्, ‘भारतमा लामो समयदेखि अमेरिकी उत्पादनमा भारी ट्याक्स लगाउने काम भइरहेको छ । यसलाई सहन सकिँदैन ।’
गत जुन महिनाको सुरुआतमा जी–२० बैठकको एक दिन दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका थिए, ‘भारत सरकारले २८ अमेरिकी उत्पादनमा लगाएको कर फिर्ता लिने छ।’
त्यतिखेर भारतीय प्रधानमन्त्री मोदी पनि जी–२० बैठकमा सहभागी हुन जापानको ओसाका सहरमा थिए । त्यहाँ ट्रम्प र मोदीबीच भेटघाट पनि भएको थियो ।
ट्रम्पले भनेका थिए, ‘म भारतीय प्रधानमन्त्रीसँग यस विषयमा कुरा गर्नेछु । भारतले वर्षौंदेखि अमेरिकी उत्पादनमा भारतीय बजारमा भारी कर असुली गरिरहेको छ । यहाँसम्म भर्खरै पनि अमेरिकी उत्पादनमा करको दायरा अझै बढाइएको छ । यो स्वीकार्य छैन । यसमा भारत सच्चिन जरुरी छ।’
जुन १ मा जब अमेरिकाले भारतसँगको कारोबारमा विशेष छुट फिर्ता लियो, त्यसपछि भारतले पनि आफ्नो बजारमा २८ अमेरिकी उत्पादनमाथि कर लगाउन थालेको छ ।
ट्रम्पका भनाइ थियो कि भारतलाई प्राप्त विशेष दर्जाका कारण अमेरिकाले ५.६ अर्ब डलरका भारतीय सामान बिना ट्याक्स अमेरिकी बजारमा बेचेको थियो ।
ट्रम्पले यस्तो निर्णय थुपै्र देशविरुद्ध लिएका छन् ता कि व्यापार घाटा कम होस् । ट्रम्प ‘अमेरिका फस्ट’ नीतिअनुसार चलिरहेका छन् । यसको मतलब पहिला अमेरिकाको हित, त्यसपछि बाँकी चिज । –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19