काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो। छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए। पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले हाल तरलता भए पनि कर्जाको उच्च ब्याज तथा चालुपुँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन नसकेको बताए।
अध्यक्ष अग्रवालले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए। लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए।
अग्रवाललेस्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औँल्याए।
छलफलका क्रममा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालका लागि शुभकामना दिए। उनले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए।
मूल्यवृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनुपर्ने गभर्नर अधिकारीले बताए।
छलफलमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, राष्ट्रिय परिषद् सदस्यहरु अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago