काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ बढेर यसअघिको अलटाइम हाई नजिक पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। सुनको आजको भाउ यो वर्षकै उच्च हो। 

यसअघि सुनको भाउ गत वर्ष फागुनमा हालम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

हिजो पनि सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।