काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात २५.८८ डलरले घटेको हो । 

यो गिरावट सँगै सुनको मूल्य प्रतिऔंस २०२८.४४ डलरमा झरेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १.२९ प्रतिशतले घट्दै प्रतिऔंस २२.८७ डलर कायम भएको छ । 

अघिल्लो दिन सुनको मूल्य मूल्य प्रतिऔंस २०४९.५१ डलर थियो । 

नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।