काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ ७०० रुपैयाँले घटेको छ ।छापावाला सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यो दिन तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य चाहिं १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेर प्रतिऔंस २ हजार ६ डलरमा कारोबार भइरहेको छ ।