काठमाण्डौ ।नेपाली बजारमा बुधबार पहेंलो धातु सुन र चाँदीको भाउ घटेको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यस्तै बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २० डलरमा कारोबार भइरहेको छ ।