काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुन र चाँदी दुबैको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसारयो दिन सुनको भाउ तोलामा १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै यो दिन चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटेर प्रतिऔंस २ हजार ४८ डलरमा कारोबार भइरहेको छ ।