काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.३५ प्रतिशत अर्थात ७.११ प्रतिशतले बढ्दै प्रतिऔंस २०५५.९१ डलर पुगेको छ । 

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य ०.५१ प्रतिशत अर्थात ०.१२ डलरले बढ्दै प्रतिऔंस २३.३२ डलर कायम भएको छ । 

नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २००  र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।