काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वद्धि भएको छ । 

पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.११ प्रतिशत अर्थात २.३० डलरले बढेको हो । 

यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०४९.५१ डलर पुगेको छ । 

नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।