काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ ।

यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो । 
 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य  १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलामा १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

त्यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको  छ।अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार २० डलरमा कारोबार भइरहेको छ ।