काठमाण्डौ । अवकाशपछिको जीवन सहजताका साथ बिताउन कति रकम आवश्यक पर्ला ? यो प्रश्नले प्रायः सबैको मस्तिष्कमा जरा गाडेको हुन्छ ।
उसो त यो प्रश्नको उत्तर पहिल्याउन मुश्किल छ । तर तपाइँको हालको मासिक आवश्यकताबाट मोटामोटी रुपमा यसको अनुमान लगाउन सकिन्छ । हामी सबैको चाहना हुन्छ कि अवकासपछिको जीवन सहज र पैसाको अभाव विना बितोस् ।
मानौँ कि औसत रुपमा तपाइँको हालको मासिक खर्च ५० हजार रुपैयाँ छ र तपाइँको अवकास जीवन ३० वर्षपछि सुरु हुन्छ भने मोटामोटी रुपमा ५० हजार रुपैयाँलाई ३६० महिना (३० वर्ष) ले गुणान गर्नुहोस् । यसले तपाइँलाई सेवानिवृत्तपछि १ करोड ८० लाख रुपैयाँ आवश्यक पर्न आउँछ ।
यस्तोमा तपाइँलाई लाग्न सक्ला कि यसमा महँगीलाई ध्यान दिइएन भनेर । उसो त यहाँ तपाइँसमक्ष सञ्चित पुँजीका बारेमा पनि त केही उल्लेख गरिएको छैन । त्यो १ करोड ८० लाख रुपैयाँ एकैपटक खर्च गर्न पनि होइन नि । प्रत्येक महिना यसको एक हिस्सा प्रयोग गरिन्छ र अरु बाँकी लगानी भइरहन्छ । जसले गर्दा त्यसमा निरन्तर रुपमा बढोत्तरी भइरहन्छ । यहाँ यदि लगानीबाट आउने प्रतिफल महँगाइभन्दा बढी छ भने महँगाइको कुरा बीचमा ल्याउन नखोजिएको मात्रै हो ।
यहाँ मुख्य समस्या फन्ड होइन कि अवकास योजना हो । यदि तपाइँको बचत राम्रो छ र तपाइँले त्यसलाई नचलाइकन राख्नुभयो भने पछि मोटो रकम हातमा हुन्छ । अवकास योजनाको कुरा गर्दा मुख्य रुपमा तीनवटा चुनौतीहरु अगाडि आउछन् :
पहिलो : के तपाइँको पैसा फास्ट भ्यालु ग्रोथ वाला लगानीको विकल्पमा लगाइएको छ ?
दोस्रो : के अवकासपछि तपाइँको यति आमदानी हुन्छ कि तपाइँको जीवन आरामले बित्न सक्छ ?
तेस्रो : के तपाइँले गर्ने खर्च र लगानीबीच सन्तुलन छ त ?
सबैभन्दा पहिले हामी अवकासपछि आवश्यक रकमको बचतबारे सोच्ने गर्छौं । हामीमध्ये धैरैलाई सञ्चय कोषमा गरिने लगानीलाई उपयुक्त लाग्छ । यसमा सबैभन्दा उपयुक्त माध्यम भनेको इम्प्लोएर कन्ट्रिब्युसनवाला हो । जब तपाइँको योगदान जत्तिकै पैसा रोजगारदाताले पनि लगानी गरिदिन्छ तब तपाइँको लगानी बढ्न पुग्छ । यसमा सबैभन्दा ठूलो समस्या भनेको लङ टर्म इन्भेस्टमेन्ट हो । जसमा लगानी गरिएको पैसा समयअनुसार बढ्नुपर्ने हुन्छ तर गल्तीले यसको ‘कोरपस इन्कम एसेस्ट’ किन्नमा लगानी गरिन्छ । जसले गर्दा सीमित प्रतिफल मात्रै पाइन्छ । जोखिम र विविधीकरणलाई लिएर आममानिसबीच रहेको गलत सोचाइका कारण यो लगानीको उद्देश्य र यसका तौरतरिकाबीचको भिन्नतासँग जोडिएका समस्याहरुलाई हटाउन सकिएको छैन ।
दोस्रो प्रश्न भनेको अवकासपछिको जीवनका लागि कति आम्दानी आवश्यक पर्छ भन्ने हो । प्रायजसो मानिसमा अवकासपछिको जीवन भनेको हात बाँधेर खर्च मात्रै गर्ने हो भन्ने गलत बुझाइ छ । तर खर्च नियन्त्रण गर्नका लागि योजनाको खाँचो भने पर्छ । घरभाडा बचाउन घर किन्ने योजना अवकासप्राप्त व्यक्तिका लागि राम्रो योजना हुन सक्छ । तर त्यो घर सञ्चालन गर्न कतिसम्म खर्च गर्ने भन्ने कुरा ती व्यक्तिमा भर पर्ने कुरा हो ।
अवकासपछि तपाइँको खर्च गर्ने तरिका र क्षेत्र परिर्वन हुने गर्दछ । तपाइँको खर्च नौलो रुचिको क्षेत्रमा हुन सक्छ । घुमफिर, मद्यपान, दानदक्षिणामा पनि हुन सक्छ । त्यसैले यो सबैको हिसाबकिताब निकाल्न गाह्रो छ । कुनै खर्च त अप्रत्यासित रुपमा नै गर्नुपर्ने हुन सक्छ । तपाइँहरुमध्ये धेरैजना बजेटिङ र प्लानिङसँग अभ्यस्त हुनुहँुदैन होला र तपाइँलाई सधैँ पैसाको अभाव पर्छ कि भन्ने कुराले पिरोलिरहन्छ होला । त्यसैले तेस्रो प्रश्न यसै विषयसँग जोडिएको छ । अर्थात् खर्च गर्ने तरिकालाई कसरी सीमित गर्न सकिन्छ ।
अवकास योजनासँग जोडिएको तेस्रो प्रश्न सबैभन्दा डरलाग्दो हुने गर्दछ । हामी सबैलाई लाग्न सक्छ कि अवकासपछिको जीवनका लागि सञ्चय गरेर राखेको पैसा बीचमै सिद्धिन्छ कि भनेर । धैरैलाई लाग्न सक्छ कि बैंकमा एकमुस्ट मोटो रकम जम्मा गरेपछि त्यसको ब्याजले पूरै जिन्दगी आरामले गुजार्न सकिन्छ भनेर । तर यसका पनि तीनवटा बेफाइदा छन् ।
पहिलो : तीस वर्षे लगानीबाट सञ्चित पुँजी बढ्दैन । त्यो स्थिर रहिरहन्छ । त्यही भएर यति लामो समयसम्मको लगानीका लागि राम्रो विकल्प चाहिन्छ ।
दोस्रो : तपाइँ ब्याज प्रयोग गर्नुहुन्छ र साँवालाई नचलाई राख्नुहुन्छ, जुन राम्रो लगानीको उपयुक्त तरिका होइन ।
तेस्रो : सबै रकम एकैपटक खर्च गरिँदैन । त्यसैले सम्पूर्ण रकमलाई प्रयोग नगरीकन राख्ने सोच गलत हो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago