काठमाण्डौ । छिमेकी मुलुक चीनमा अविवाहितहरुलाई विवाहबन्धनमा बाँध्न अनौठो रेल यात्रा सुरु गरिएको छ ।
‘लभ स्पेसल ट्रेन’ नाम दिइएको उक्त रेल यात्रा गत अगस्ट १० तारिखदेखि सुरु भएको थियो । जसमा १ हजार अविवाहित युवा–युवती एकसाथ यात्रामा निस्केका थिए । यो यात्रा दुई दिन एक रातसम्म चल्यो ।
यो म्याच मेकिङ सेवा देशका अविवाहितहरुलाई जीवनसाथी खोज्न मुद्दत मिलोस् भनेर सुरु गरिएको थियो ।
यो रेल यात्रामा निस्केकामध्ये १ हजार युवायुवतीमध्ये करिब १० प्रतिशत अर्थात ५० जोडी विवाह बन्धनमा बाँधिन तयार भएका छन् ।
चोङकिङ नर्थबाट कियान जियाङ स्टेसनसम्मको यो रेलयात्रा युवापुस्ताबीच यति लोकप्रिय बनेको छ कि यसलाई सातामा दुई पटक सञ्चालन गर्नुपर्ने माग हुन थालेको छ ।
एसिया वन मिडियाका अनुसार अविवाहितका लागि सुरु गरिएको यो रेलयात्रामा सहभागी हुआङ सान्गले भनेका छन्, ‘यो रेलयात्रा योजना जीवनसाथ खोज्नका लागि निकै रचनात्मक बनेको छ । यसले मानिसलाई रेल यात्रा त गराउँछ नै साथै जीवन साथी खोज्नमा पनि निकै सहजता बनाइदिएको छ ।’
अर्का यात्री याङ हुआन भन्छन्, ‘भलै यो यात्राका क्रममा तपाइँले राम्रो जीवनसाथीका रुपमा कसैलाई पाउनु भएन तर धेरै राम्रा साथीहरु भने अवश्य बनाउन सक्नुहुन्छ ।’
चीनमा करिब २० करोड मानिस अविवाहित छन् ।
वास्तवमा चीनमा सन् १९७० मा लागू भएको एक बच्चा एक नीतिका कारण विवाहवारी समस्या निकै बढेको छ । यसका कारण कतिपय दम्पतीले छोरा जन्माउन गर्भमा छोरी रहेको थाहा पाउनुबित्तिकै गर्भपात गराउँदा भ्रूण हत्याको संख्या निकै बढेको थियो ।
सन् २०१६ एक बच्चा नीति खारेज गरिदिएपछि यो समस्या केही हदसम्म सामाधान भएको छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19