काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले अहिलेको अवस्थामा सेयरबजार आफूहरुको प्राथमिकतामा नरहेको प्रष्ट पारेका छन् ।
लाखौं सेयर लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जाको १२ करोडको सीमा र राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था परिमार्जन हुने अपेक्षा गरेका थिए । तर, उनीहरुको अपेक्षाविपरीत राष्ट्रबैंक यी दुवै व्यवस्थामा टसको मस नभएको हो । यही विषयमा सोधिएको प्रश्नमा राष्ट्रबैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले हाल राष्ट्रबैंकको प्राथमिकतामा सेयर बजार लगायतका एसेट मार्केट नपरेको प्रष्ट पारे । 'अहिले हाम्रो प्राथमिकतामा आर्थिक स्थायीत्व हो ।' उनले थपे-'तर तरलतामा सुधार हुँदै जाँदा त्यसले सेयरबजारलाई सहयोग नै गर्छ ।'
उनले अझै पनि बाह्य क्षेत्र जोखिममा रहेको, आयात ठूलो आकारमा हुँदा र निर्यात त्यसको तुलनामा सानो आकारमा हुँदा जुनसुकै बेला विगतको समस्या आउनसक्ने डर यथावत रहेका कारण सेयर धितो कर्जा लगायतमा लचक बन्न ध्यान नदिइएको दाबी गरे । 'यहीकारण हामीले सेयर लगायत एसेट मार्केटलाई प्राथमिकतामा नराखेका हों । हिजोको गल्ती दोहोर्यायौं भने समस्या हुन्छ ।' उनले थपे-'एसेट प्राइस बढी भयो भने त्यसले इम्पोर्ट बढाउँछ ।'
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि सेयर धितो कर्जाको १२ करोडको सीमामा कुनै परिवर्तन नगरिएको प्रष्ट पारे ।
एसेट मार्केटको विषयमा जे जस्तो नीतिगत व्यवस्था छन्, ती सबैलाई निरन्तरता दिइएको छ । 'राष्ट्रबैंकले समष्टीगत आर्थिक स्थायीत्व र व्यवस्थापनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्ने काम गर्छ ।' डा. भट्टले भने-'अहिले पनि अर्थतन्त्रमा अनिश्चितता र जोखिम आउनसक्छ, अन्तराष्टिय परिस्थिति पनि प्रतिकूल नै छ यहीकारण सेयर धितोकर्जा लगायतका विषयमा भएका नीतिगत व्यवस्था यथावत राखिएको हो ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago