काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १०३.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ८८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा संस्थाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष भने सञ्चालन मुनाफा १ करोड ४० लाख रुपैयाँ रहेको थियो।

संस्थाले यो अवधिमा ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड २४ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले ४३ करोड ६६ लाख रुपैयाँ सापटी लिई ८९ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ४१ करोड ८८ लाख रुपैयाँ सापटी लिई ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाले रिजर्भको आकार १०१.३९ प्रतिशतले बढाएर ५ करोड ८७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा २ करोड ९१ लाख रुपैयाँ थियो।

संस्थाको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.७३ रुपैयाँबाट बढेर ३६.०४ रुपैयाँ पुगेको छ। पीई रेसियो १२.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५८.७३ रुपैयाँ रहेको छ।