काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११५.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १०२.८४ प्रतिशतले बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो मुनाफा ३ करोड ११ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी बढेर ८ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६ करोड २७ लाख रुपैयाँ रहेको थियो।

संस्थाले ५७ करोड २५ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३७ करोड ८० लाख रुपैयाँ सापटी लिई ७० करोड ९३ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १०६.५८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष घ करोड ८८ लाख रुपैयाँको रिजर्भ बढेर ८ करोड १ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी १० करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४१.०६ रुपैयाँ रहेको छ। पीई रेसियो ११.३२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८०.१८ रुपैयाँ रहेको छ।