काठमाण्डौ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच बैंकान्सुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरे ।

सो बैंक अस्योरेन्ससम्झौतापश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।