काठमाण्डौ । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा७० प्रतिशतसम्मको कर्जा सुविधा गरिमा विकास बैंक लिमिटेडबाट पाउने भएका छन् । 

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् ।