काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार युवा दिवसका अवसरमा देशैभर युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ। 

कम्पनीले बीमा सचेतनाका साथै युवाहरुमा वित्तीय साक्षरता बढाउनका लागि सातै प्रदेशका शाखा कार्यालयबाट तालिम कार्यक्रमको आयोजना गरेको हो। कम्पनीले छैटौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरेको हो। देशैभर गरिएको वित्तीय जनचेतनामूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरु सहभागी थिए। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि यस्तो कार्यक्रम सञ्चालन गरेको बताए। कम्पनीको लम्की शाखाले पनि छैटौँ वार्षिकोत्वसवको उपलक्ष्यमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर वित्तीय जनचेतनाद्वारा सशक्तीकरण अभियानमा युवाहरुलाई वित्तीय शिक्षा दिएको छ।   

शान्ति होटलमा आयोजना भएको कार्यक्रममा लम्की शाखा प्रमुख बलबहादुर थापा र बीएसए बादल न्यौपाने र एजेन्सी म्यानेजरहरु तुलसी रेग्मी, शोभा शाह, मिना बिष्ट, दीपा शाही, संगिता आचार्य, जानकी बडुवाल र रिता बोगटीको उपस्थिति थियो। 

कार्यक्रममा बीमा, बचत तथा वित्तीय शिक्षाको बारेमा शाखा प्रमुखले तालिम दिएका थिए। 

आइएमई लाइफ इन्स्योरेन्सले आउँदा कार्यक्रमहरुमा भदौ १ गते जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम तथा देशैभरी रक्तदान कार्यक्रमहरु गरी छैटौँ वार्षिकोत्सव मनाउने जनाएको छ।