काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुट दिने भएको छ। 

कम्पनीले जुनसुकै व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज मिनाहा गर्ने भएको हो। कम्पनीले २०८० असोज ७ गतेदेखि ३० गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा सतप्रतिशत ब्याज छुट दिने जनाएको छ। कम्पनीका अनुसार सो अवधिभित्र जुनसुकै अवधि तथा बीमालेखहरु नवीकरण गर्दा ब्याज शुल्क छुट हुनेछ। 

कम्पनीको जुनसुकै पोलिसी खरिद गरी नवीकरण नभएका बीमालेखहरु असोज ३० गतेभित्र नवीकरण गरेमा सोमा लाग्ने ब्याज मिनाहा हुने कम्पनीले जनाएको छ।