काठमाण्डौ । साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।

नेप्से परिसूचक २७.९० अंकले बढेर २०५८ विन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३०६ वटा कम्पनीको १ करोड ५ लाखकित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 
 

नेप्सेमा रहेका १३ वटै उपसमूहमा आज हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसमूह बृद्धि भएका छन् । जीवन बीमा सबइन्डेक्स ०.७५ प्रतिशत र निर्जीवन बीमा सबइन्डेक्स २.०१ प्रतिशतले बढेको छ । 
सेयरबजार दोहोरो अंकले बढ्दा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ९.५९ प्रतिशतले बृद्धि भई ८२३ रुपैयाँपुगेको छ । 
त्यस्तै, प्रभु इन्स्योरेन्सको ५.४४ प्रतिशत,हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.८३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको २.६५ प्रतिशत, सानिमा जीआईसीको १.९५ प्रतिशत, हिमालयन लाइफको १.८९ प्रतिशतले बढेको छ । 

 

त्यस्तै एनएलजीको १.७८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.७७प्रतिशत, सिटिजन लाइफको १.७१ प्रतिशत, सानिमा रिलायन्सको १.२३ प्रतिशत, नेकोको १.२२ प्रतिशत, सूर्यज्योति लाइफको १.१३ प्रतिशत, रिलायबल नेपाललाइफको ०.९० प्रतिशत र नेपाल लाइफको ०.७३ प्रतिशतले बढेको छ । 
 

यसका साथै सन नेपाल लाइफको ०.५३ प्रतिशत, नेपाल रि-इन्स्योरेन्सको ०.४५ प्रतिशत, आइएमई लाइफको ०.३४ प्रतिशत, सलिकोको ०.३० प्रतिशत, प्रभु महालक्ष्मीलाइफको ०.१९ प्रतिशत, नेशनल लाइफको ०.१७ प्रतिशत, एलआइसी नेपालको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ । 
आज बीमा कम्पनीहरुमा गुमाउने अर्थात् सेयरभाउ घट्नेम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ०.१८ प्रतिशतले घटेर ५५९ रुपैयाँ कायम भएको छ । 

 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा चार वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक आइएमई लाइफको १५ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ । 
 

त्यस्तै, रिलायबल नेपाल लाइफको ८ करोड ४२ लाख, सन नेपाल लाइफको ७ करोड ४४ लाख ७० हजार रुपैयाँ र एशियन लाइफको ७ करोड ४४ लाख  ४७ हजार रुपैयाँको कारोबार भएको छ ।