काठमाण्डौ । रेमिट्यान्स कम्पनी आई पे र सानिमा बैंक लिमीटेडबीच रेमिट्यान्स सम्झौता भएको छ ।

यो सम्झौतासँगै विदेशबाट आई पेमार्फत पठाएको पैसा सानिमा बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी लिन सकिनेछ ।

विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।  आई पे रेमिट्यान्सको नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टरहरुबाट ग्राहकहरुले भुक्तानी  लिनसक्ने छन् ।