ICFC Finance
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा आइसीएफसी फाइनान्स धराप बनेको छ । यो कम्पनीका कुनै पनि सूचक त्यस्ता आशालाग्दा छैनन्, जसलाई हेरेर लगानीकर्ताले चित्त बुझाउन सकून् वा आशावादी बन्न सकून् ।
समीक्षा अवधिमा यो कम्पनीको खूद नाफातर्फ ५३ प्रतिशत भन्दा बढीले पहिरो गएको छ भने संचालन मुनाफा पनि ४१ प्रतिशतले घटेको छ ।
जगेडाकोष २०.३० प्रतिशतले खिइएको छ भने खराब कर्जा पनि बढेको छ । खूद ब्याज आम्दानी घटेर चौपट बनेको छ भने नाफा घटेपछि प्रतिसेयर आम्दानीमा ५७.३८ प्रतिशतको भीषण पहिरो गएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो फाइनान्स कम्पनीले ८ करोड मात्र खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १७ करोड २३ लाखको उचाईमा थियो ।
अघिल्लो वर्ष यही अवधिमा २६ करोड ५६ लाख रहेको खूद ब्याज आम्दानी घटेर १८ करोड ६७ लाखमा सीमित भएको छ भने १६ करोड १७ लाख रहेको संचालन मुनाफामा पहिरो गई ९ करोड ५३ लाखमा सीमित बन्न पुगेकोछ ।
यस्तै, अघिल्लो वर्ष यही अवधिमा ३३ करोड ३१ लखको उचाईमा रहेको जगेडाकोष घटेर २६ करोड ५४ लाखमा झरेको छ ।
समीक्षा अवधिमा यो फाइनान्स कम्पनीले ८ अर्ब ७ करोड निक्षेप संकलन गरी तथा ६२ करोड ७१ लाख सापटी लिई ६ अर्ब ५१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष भन्दा निक्षेप २५ प्रतिशतले, कर्जा २१ प्रतिशतले बढेको छ भने सापटीतर्फ भने ३१.२६ प्रतिशतको गिरावट आएको छ ।
यस्तै, ०.५४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.५६ प्रतिशतको उचाईमा पुगेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ ५७.३८ प्रतिशतले गिरावट आई २८.६६ रुपैयाँबाट तल झरी १२.२१ रुपैयाँमा सीमित बन्न पुगेको हो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.९८ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19